बीमा कम्पनीको चुक्ता पूँजी वृद्धि
बीमा कम्पनीको चुक्ता पूँजी वृद्धि
    • Bell Sanchar

    • ११ चैत्र २०७८, शुक्रबार

बीमा कम्पनीको चुक्ता पुँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु पाँच अर्ब र निर्जिवन बीमा कम्पनीको चुक्ता पूँजी रु साढे दुई अर्ब पु¥याइएको छ ।

समितिको आज बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी वृद्धि गर्दा समग्रमा नेटवर्थ बढाइ सोअनुरुप कम्पनीको जोखिम बहन क्षमता बढाइने र कम्पनी आपसमा गाभिन अनुकूल वातावरण सिर्जना हुने बताइएको छ । ठूलो पूँजी भएमा सेवाको लागत कम भई बीमाको पहुँच बिस्तार गर्न, ठूलो पूँजी कायम गरी कम्पनीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पूँजीसँग सामञ्जस्यता हुने गरी चुक्त पूँजी कायम गर्न पूँजी वृद्धिको निर्णय गरिएको समितिले जनाएको छ ।

 

चुक्ता पूँजी आगामी वर्ष चैतसम्ममा कायम गरिसक्नुपर्ने र निर्धारित पूँजी सो समयावधि भित्रमा पु¥याउन नसक्ने कम्पनीले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७६’ अनुसार हुने गरेर पूँजी कायम गर्नुपर्ने उल्लेख छ । कम्पनीले ३० दिनभित्र आफ्नो पूँजी योजना सम्बन्धित बोर्डबाट निर्णय गराई समितिमा पेश गर्नुपर्ने व्यवस्था गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साताकाे चर्चित
सम्बन्धित